ठूल्ठूला भ्रष्टाचार, अनियमितता र तस्करीका घटनामा कठोर ढंगले प्रस्तुत हुनुपर्ने सरकार र सत्तारूढ दल त्यस्ता विवादलाइ विधिसम्मत तरिकाले टुंगो लगाउन र दोषीलाइ कारवाही गर्न सकिरहेको छैन । बरू बालुवाटारको सरकारी जग्गा निजीका नाममा सारी किनबेच समेत गरिएका प्रकरणमा पार्टीकै उच्च तहका नेताको नाम जोडिँदा प्रधानमन्त्रीदेखि सरकार र पार्टीकै जिम्मेवार नेता बचाउमा लागेका छन् ।
३३ किलो सुन तस्करी प्रकरणमा सरकार न त त्यसको मुख्य योजनाकारसम्म पुग्न सक्यो, न त सुननै भेटाएको छ । बीचमा बसी सहजीकरण गर्ने र केही सुरक्षा निकायका अधिकृतहरुलार्इ अनुसन्धानको दायरामा तानियो तर यसको निष्कर्षमा पुग्ने बाटो हराउँदै गएको छ । सुनकाण्ड सेलाउन नपाउँदै वाइडबडी खरिदमा ठूलो भष्ट्राचार भएको संसदीय छानबिनले अौल्यायो । त्यसमा पनि न सरकारका तर्फबाट विधिसम्मत टुंगो लगाउने काम भयो, न त पार्टीमै छलफल भयो । बालुवाटारको १ सय १३ रोपनी सरकारी जग्गा नै व्यक्तिका नाममा कायम गरेको विषयमा सरकारले छानबिन त गर्यो, तर कारवाहीको पाटो अझै अनिश्चित छ ।
बालुवाटारको सरकारी जग्गा अपव्ययमा बालुवाटार प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुदेखि सत्तारूढ नेकपाका महासचिवको नाम मुछिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र अख्तियारले छानबिन पनि गरिरहेका छन् । राज्यका जिम्मेवार निकायले छानबिन गरिरहँदा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी अोलीदेखि भूमि व्यवस्था मन्त्रीसम्मले अाफ्ना नेताको बचाउ गर्नुले छानबिन नै निष्पक्ष हुनेमा प्रश्न जन्माएको छ ।
ठूला भ्रष्टाचार, अनियमितता र तस्करीका घटनामा जतिसुकै उपल्लो तहको पदाधिकारी परे पनि कारवाहीको अाँट गर्नुपर्छ । तर
विरोधलार्इ मत्थर पार्न आयोग गठन वा अन्य प्रकारले छानबिन गरिए पनि पहिचान भएका दोषीलार्इ कारवाही गर्ने इच्छाशक्ति भने देखाएको पाइँदैन । अहिले बाहिर अाएका प्रकरणहरूमा पनि सरकारले निर्मतापूर्वक कारवाही अगाडि नबढाउने हो भने अनियमिततामा संग्लग्नहरूकै आत्मबल बढ्नेछ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...

उच्च तहका नेताको नाम जोडिँदा सरकार र पार्टीकै जिम्मेवार नेता बचाउमा | Kantipur Samachar news headlines uk | |
14 Likes | 14 Dislikes |
635 views views | 1.32M followers |
News & Politics | Upload TimePublished on 30 Apr 2019 |
Không có nhận xét nào:
Đăng nhận xét