उपभोक्तासँग चर्को शुल्क असुल्दै आएका उद्योगी व्यवसायीले उपकरण र सेवा प्रयोगवापतको दस्तुर नतिर्ने धम्की दिएर नेपाल विद्युत प्राधिकरणलाई अहसयोग गर्न थालेका छन् । प्राधिकरणका सेवा र पूर्वाधार प्रयोग गरेवापतको शुल्क नतिर्ने भन्दै व्यवसायीहरू विभिन्न नाममा मोर्चाबन्दीमा उत्रिएका हुन् ।
विद्युत प्राधिकरण र नेपाल टेलिकमका खम्बा र फाइबर केबलको शुल्क बढाएको भन्दै इन्टरनेट तथा टिभी सेवा प्रदायक संस्थाहरुले बढाएको शुल्क नतिर्ने भन्दै शुक्रबार पत्रकार सम्मलेन गरेरै आपत्ति जनाए । उनीहरूले व्यवसाय नै बन्द गरी चाबी सरकारलाई बुझाउने चेतावनी समेत दिए ।
केही दिनअघि यसैगरी उद्योगी व्यवसायीले पनि डेडिकेटेड फिडर र ट्रंक लाइनबाट लिएको विद्युतवापत अतिरिक्त शुल्क नतिर्ने धम्की दिएका थिए । मुलुक लोडसेडिङको अँध्यारोमा रहँदा पनि छुट्टै लाइन लिएर ढुक्कसँग बिजुली प्रयोग गरेका उद्योगी त्यसवापतको अतिरिक्त शुल्कले औद्योगिक क्षेत्रलाई नै हतोत्साही बनाउने दाबी गर्छन् । यो सुविधा लिएका ६७ वटा उद्योगले ४ अर्ब ३० करोड रूपैयाँ तिर्न बाँकी छ । उपभोक्तासँग चर्को शुल्क असुल्दै आएका उद्योगी र सेवा प्रदायक संस्थाले प्राधिकरणका उपकरण र सेवा प्रयोग गरेवापतको शुल्क नतिर्ने धम्की दिएर कानुनी राज्यको उपहास मात्र गरेका छैनन्, अराजकता नै सृजना गर्ने प्रयास गरेका छन् ।
उपभोक्तालाई कुनै राहत नदिने अनि राज्यलाई तिर्नुपर्ने न्यूनतम दायित्वबाट समेत उन्मुक्ति खोज्ने प्रवृत्ति व्यवसायीमा देखिएको छ । अझ बल्लतल्ल मुलुकलाई लोडसेडिङमुक्त बनाएको विद्युत प्राधिकरणलाई असहयोग पुग्ने गरी व्यवसायीबाट गरिएका घोषणाको पछाडिको खास नियत के हो ? गम्भीर प्रश्न उब्जिएको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...

विद्युत प्राधिकरणलाई व्यवसायीको संगठित असहयोग | Kantipur Samachar news headlines uk | |
1 Likes | 1 Dislikes |
296 views views | 1.32M followers |
News & Politics | Upload TimePublished on 11 May 2019 |
Không có nhận xét nào:
Đăng nhận xét