काठमाडौं महानगरपालिकाले बिरामी बोकेवापत मासिक १२ लाख रुपैयाँ दिने सम्झाैता गरेको संस्थाले सेवाका नाममा व्यापार गरिरहेको पाइएको छ । विभिन्न दाताबाट निःशुल्क प्राप्त एम्बुलेन्सबाट महँगो भाडा असुलिरहेको संस्थालाइ महानगरले बजेट पनि दिने र बिरामीबाट फेरि भाडा पनि असुल्न मिल्ने सम्झाैताका प्रावधान छन् ।
नेपाल एम्बुलेन्स सर्भिस नामक गैरसरकारी संस्थासँग काठमाडौं उपत्यकाभित्र चल्ने ५ वटा एम्बुलेन्स छन् । उसले ५ वटा एम्बुलेन्स भने उपत्यकाबाहिर चलाउँछ । १० वटै एम्बुलेन्स विभिन्न व्यापारिक प्रतिष्ठान र अन्तर्राष्ट्रिय दातृ संस्थाबाट निMशुल्क पाए पनि यस एनजीअोले बिरामीबाट भने दूरीका आधारमा महँगो भाडा लिन्छ । काठमाडौं महानगरपालिकाले यही संस्थालाई एउटा एम्बुलेन्सको १ लाख २० हजारका दरले १० वटा एम्बुलेन्सको भाडावापत मासिक १२ लाख रुपैयाँ दिने सम्झौता गरेको छ ।
सम्झौता पाँच वर्षको हो । यो अवधिमा नेपाल एम्बुलेन्स सर्भिसले महानगरसँग ७ करोड २० लाख रुपैयाँ पाउँछ । यो रकमबाट महानगरले २० वटाभन्दा बढी एम्बुलेन्स खरिद गरी आफैं सञ्चालन गर्न सक्छ । महानगरपालिकाले भाडा रकम व्यहोरे पनि संस्ठाले विरामीबाट समेत भाडा उठाउने सम्झौतामै उल्लेख छ । ७० वर्ष नाघेका ज्येष्ठ नागरिक, विपन्न र बेसहारा विरामीसँग भाडा नलिने तर उनीहरुले वडा कार्यालयको सिफारिस ल्याउनुपर्ने गरी सम्झौता गर्नुले नै यो सेवामुखी नभइ व्यापारमुखी रहेको प्रस्ट हुन्छ । किनभने अस्पताल पुग्न हतार हुने विरामी वडा कार्यालय खोज्न जाँदैनन्, जुन महानगरलाई राम्रोसँग थाहा छ ।
एम्बुलेन्स सेवाका नाममा व्यापार गरिरहेको संस्थालाई नै भाडाका नाममा महानगरपालिकाले ७ करोड २० लाख दिने सम्झौता कसरी गर्यो ? यस निर्णयमा संलग्न जनप्रतिनिधि र कर्मचारीमाथि छानबिन नगर्ने हो भने विकृति अझै मौलाउनेछ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...

निःशुल्क प्राप्त एम्बुलेन्सबाट राज्यकोष र बिरामीको दोहन गर्न मिल्ने सम्झौता | Kantipur Samachar news headlines uk | |
20 Likes | 20 Dislikes |
820 views views | 1.32M followers |
News & Politics | Upload TimePublished on 30 Apr 2019 |
Không có nhận xét nào:
Đăng nhận xét