सरकारी तथा सार्वजनिक मात्र होइन, गुठीको समेत मुलुकभर गरी करिब १७ सय रोपनीभन्दा बढी जग्गा व्यक्ति तथा संघसंस्थाले अतिक्रमण गरेका छन् । दाताले धार्मिक, सामाजिक, परोपकार तथा शैक्षिक कार्यका लागि दिएका गुठी जग्गाको अतिक्रमणमा सरकारी निकायसमेत संलग्न छन् ।
गुठी संस्थानका अनुसार महोत्तरीमा ७२, बारामा २७, धनुषामा १७ र पर्सामा ८ विगाह जग्गा विभिन्न व्यक्ति र संस्थाले अतिक्रमण गरेका छन् । काठमाडौं उपत्यकामा गुठीको २९ रोपनी जग्गा पहुँचवालाले हडपेका छन् । मन्दिरकै पुजारी, महन्थ र गुठीयारका साथै सरकारी निकायले समेत गुठीको जग्गा कब्जा गरेका छन् । देशभर साढे १४ लाख रोपनी गुठी जग्गा रहे पनि एक दशकयता अद्यावधिक नरहेकाले अतिक्रमित जग्गाको अाकार अझै ठूलो हुन सक्ने देखिन्छ । जग्गा हडप्ने प्रवृत्ति विगतदेखिकै भए पनि २०६२/०६३ को आन्दोलनयता गुठी जग्गामा अतिक्रमण बढेको संस्थानको भनाइ छ ।
देवस्थल सम्बद्ध पर्व, पूजा, धार्मिक जात्रा, शिक्षा, स्वास्थ्य, बाटो, पुल, सत्तल तथा असहायको सहयोगका लागि गुठी राखिएको भए पनि संरक्षण तथा रेखदेख अभावले अतिक्रमण बढेको हो । शक्तिको आडमा गुठीको जग्गा हडप्ने प्रवृत्ति माैलाएका कारण संरक्षणमा बेवास्ता गरिरहे अझै यो क्रम बढ्ने देखिन्छ ।
अतिक्रमण रोकी आफ्नो बहुमूल्य जग्गा संरक्षण र सदुपयोगका लागि गुठी संस्थानले पनि सक्रियता देखाउनुपर्छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...

गुठी संस्थान भन्छ- २ हजार ६३ पछि अतिक्रमण झन् बढ्यो | Kantipur Samachar news headlines uk | |
29 Likes | 29 Dislikes |
1,027 views views | 1.32M followers |
News & Politics | Upload TimePublished on 30 Apr 2019 |
Không có nhận xét nào:
Đăng nhận xét