काठमाडौं उपत्यकामा सरकारी सार्वजनिक जग्गामात्र होइन वातावरणीय तथा विपद् सुरक्षाका हिसाबले महत्वपूर्ण मानिने खुला क्षेत्र समेत अतिक्रमणमा परेका छन् । सरकारले २०६९ सालमै काठमाडौं, भक्तपुर र ललितपुरका ८३ स्थानका झण्डै ८ हजार रोपनी क्षेत्रलाई खुला स्थान घोषणा गरेपनि अतिक्रमणका कारण साँघुरिएका छन् । कतिपय खुला स्थानको त नामोनिशान समेत मेटिएको छ ।
२०६९ सालमा गृह मन्त्रालयले विपद् सुरक्षा र वातावरणीय पक्षलाई मध्यनजर गर्दै काठमाडौ उपत्यकाका ८३ स्थानलाई खुला क्षेत्र घोषणा गरेको थियो । पछि २०७१ मा काठमाडौ उपत्यका विकास प्राधिकरणले राजधानीका ३ जिल्लामा साना ठूला गरी ८ सय ८७ वटा खुला स्थान पहिचान गर्यो । तर अतिक्रमण यसरी बढ्यो कि खुला स्थान क्रमश: साँघुरिँदै गएको छ । खुला स्थान पहिचान गरिएको यो भृकुटीमण्डपको २ सय १४ रोपनी क्षेत्रफलको अधिकांश भू भाग अहिले व्यापारिक उद्देश्यमा प्रयोग भइरहेको छ । उता लैनचौरमा पुरानो समाज कल्याण परिषद् रहेको २८ रोपनी जग्गामा उपराष्ट्रपति बस्ने भएपछि यो क्षेत्र पनि सुरक्षा घेराभित्र थुनिएको छ । कुनै बेला चौर रहेको लैनचौरमै नेपाल स्काउट र दुग्धविकास संस्थान बसेपछि खुला स्थानको नाम निशान नै छैन । एक समय पोखरी भएको यो ठाउँमा अहिले रसियन कल्चर सेन्टरको भवन बनेको छ । त्यस्तै पोखरी र चौर नासेर ललितपुर महानगरपालिकाको भवन बनेको हो भने जावलाखेलको खुला स्थानपनि साँघुरिदै गएको छ । खुला स्थान पहिचान गरिएको २ सय ७६ रोपनीको टुँडिखेलको अवस्था त अब दयनीय नै भइसकेको छ । १८ रोपनीको सानो गौचरको दुवैतर्फ संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय र विद्युत प्राधिकरणको भवन ठडिएपछि खुम्चिन पुगेको छ ।
काठमाडौं उपत्यकाका खुला क्षेत्र कति अतिक्रमित भए भन्ने यकिन तथ्यांक कहीँ कतै छैन् । जग्गा जमिनका विचौलिया र अव्यवस्थित वस्ती विकाससँगै जथाभावी सरकारी भवन निर्माणले खुला स्थानलाइ भने खुम्च्याइरहेको छ ।
सार्वजनिक ठाउँमा वर्षौँ पहिले हुकुम प्रमांगी तथा मन्त्रीपरिषदलगायत विभिन्न सरकारी निर्णयबाट व्यक्तिका नाउँमा लालपूर्जा बनेपछि चौर, पोखरी लगायत खुला क्षेत्र नासिए । अझ सरकारी अड्डा राख्न पनि शहरकै खुला क्षेत्र ताक्ने प्रवृत्ति बढेपछि संरक्षणको सवाल थप चुनौतिपूर्ण बनेको छ । भुकम्प लगायत विपदको उच्च जोखिममा रहेको काठमाडौं उपत्यकामै खुला स्थानको अतिक्रमणले विपद् तथा वातावरणीय सुरक्षामा चुनौति थपिरहेको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...

बचेखुचेका खुला क्षेत्र पनि नामो-निशान मेटिने क्रममा । Kantipur Samachar citycell | |
72 Likes | 72 Dislikes |
3,594 views views | 1.32M followers |
News & Politics | Upload TimePublished on 3 May 2019 |
Không có nhận xét nào:
Đăng nhận xét